श्रीलंकाले २१ कन्टेनर फोहर वेलायत पठाई दियो

राष्ट्रपाटी न्युज

१२ आश्विन २०७७

दक्षिण एसियाली देश श्रीलंकाले २१ कन्टेनर फोहर युरोपेली देश वेलायतमा पठाएको छ ।

भएको के रहेछ भने, वेलायतबाट आयात गरिएका सामानमा खतरनाक फोहर र अस्पतालका फोहरसमेत राखिएका सामान आफ्नो देशमा आएपछि श्रीलंकाले पुनः ती फोहरलाई वेलायत फिर्ता पठाएको हो ।

ती फोहरहरु अत्यन्त खतरनाक सूचीमा पर्ने फोहर भएकाले फिर्ता पठाएको श्रीलंकाली अधिकारीहरुले जनाएका छन् ।

एक निजी कम्पनीले वेलायतबाट पठाएको २ सय ६३ कन्टेनरमा अस्पतालको फोहरसमेत भेटिएको श्रीलंकाली भन्सार अधिकारीहरुले जनाएका छन् ।

वेलायतबाट केही पुरानो गद्दा, कार्पेट, दरी लगायतका पुनः प्रयोग गर्ने खालका सामान श्रीलंका आयात हुनु पर्नेमा खतरनाक फोहरहरु समेत त्यसमा मिसाएर पठाएपछि श्रीलंकाका अधिकारीहरु उक्त फोहरलाई पुनः वेलायत नै पठाउने टुंगोमा पुगेका हुन् ।

यो घटना सन २०१८ को हो । त्यसपछि उक्त मुद्दा अदालतमा पुगेको थियो ।

त्यसपछि २१ कन्टेनर फोहर पुनः वेलायत नै फिर्ता पठाएको श्रीलंकाली अधिकारीहरुले जनाएका छन् ।

श्रीलंकाको भन्सार विभागका प्रवक्ता सुनिल जयरत्नेले जुन कन्टेनर वेलायतबाट पठाईएको थियो त्यसमा अत्यन्त खतरनाक फोहरहरु रहेको र उक्त फोहरहरु युरोपेली र अन्तर्राष्ट्रिय कानूनको उलंघन गरि वेलायतबाट श्रीलंका पठाइएकाले यस्तो कदम उठाउनु परेको बताए ।

वेलायतको पर्यावरण विभागले पनि उक्त श्रीलंका पुगेको फोहरहरु गैरकानूनी निर्यातको विषयमा प्रतिवद्ध रहेको जनाएको विविसीले उल्लेख गरेको छ ।

वेलायती अधिकारीहरुले पनि आफुहरु निरन्तर रुपमा श्रीलंकाली अधिकारीहरुसँग सम्पर्कमा रहेको र यसबारे कानूनी जाँच सुरु गर्ने जनाएका छन् ।

 


Published :१२ आश्विन २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media