ट्रम्प दोस्रोपटक पनि महाअभियोगमुक्त

राष्ट्रपाटी न्युज

२ फाल्गुन २०७७

अमेरिकी सिनेटले यसपटक पनि दुई तिहाई बहुमत पुर्‍याउन नसकेपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउन सकेन ।
सिनेटमा भएको मतदानमा महाअभियोगको पक्षमा ५७ मत र विपक्षमा ४३ मत परेको छ । ट्रम्पलाई महाअभियोग लगाउनका लागि दुई तिहाई बहुमत पुर्‍याउन सिनेटमा ६७ मत आवश्यक पर्थ्यो ।

त्यसका लागि १७ जना रिपब्लिकनहरुको मत आवश्यक पर्थ्यो । तर ७ जना रिपब्लिकन सांसदले मात्रै महाअभियोगको पक्षमा मतदान गरेकाले ट्रम्प आरोपकमुक्त हुनु भएको हो ।
गत जनवरी ६ मा ५ जनाको मृत्यु हुने गरी अमेरिकी संसद क्याटलमा भएको हिंसात्मक दंगा भड्काएको आरोपमा पूर्व राष्ट्रपति ट्रम्प विरुद्ध दोस्रोपटक महाअभियोग लगाउने प्रयास गरिएको थियो ।


Published :२ फाल्गुन २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media