काठमाडौं, वैशाख १३ गते । मन्त्रिपरिषदको बैठक शुरुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरुभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले जानकारी दिनुभयो ।
देशभर कोभिड १९ संक्रमण बढिरहेकाबेला उपत्यकामा पनि संक्रमण बढेपछि निषेधाज्ञा लगाउने विषयमा तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले वैशाख १६ देखि २२ गतेसम्म निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिस गरेको छ ।
सो बारेमा आजको मन्त्रिपरिषद बैठकमा निर्णय हुनसक्ने बताइएको छ । त्यसको अलावा मन्त्रालयगत नियमित कार्यसूचीहरु बैठकमा पेश हुने मन्त्री चौधरीले बताउनुभयो । कोभिड १९ संक्रमण तिव्ररुपमा फैलिएपछि अस्पताल बेडको व्यवस्था, जनशक्ति परिचालनका विषय समेत बैठकमा छलफल हुने बताइएको छ ।