नेटफ्लिक्सको फिल्मका लागि राजकुमार रावले लिए १५ करोड भारू

राष्ट्रपाटी न्युज

१४ बैशाख २०७८

अभिनेता राजकुमार राव कुशल अभिनय र एकपछि अर्का सफल फिल्मका कारण बलिउडमा स्थापित भएका हुन्। शाहिद, न्युटन, ट्र्याप्ड, सिटी लाइट्स जस्ता फिल्मले उनलाई दिएको चर्चाको बलमा उनले आफ्नो कामवापत महँगो पारिश्रमिक तोक्ने गरेका छन्।

बलिउड हंगामाका अनुसार बलिउडमा ठूलो माग भएका अभिनेता रावले आफ्नो आगामी प्रोजेक्ट नेटफ्लिक्स फिल्म ‘मोनिका ओ माइ डार्लिङ’का लागि महँगो पारिश्रमिक पाएका छन्। खबर अनुसार श्रीराम राघवनको निर्माण ‘मोनिका ओ माइ डार्लिङ’का लागि भारु १५ करोड पारिश्रमिक लिएका हुन्।

राजकुमार राव र अभिनेत्री हुमा कुरेशीको मुख्य अभिनय रहने यो फिल्मको नाम कारवाँ फिल्ममा समावेश संगीतकार आरडी बर्मनको चर्चित गीत ‘मोनिका ओ माइ डार्लिङ’बाट लिइएको हो। फिल्मको निर्देशन ‘मर्दको दर्द नही होताका निर्देशक’ वसन बालाले गर्नेछन्।

यसअघि ‘लुडो’ र ‘द ह्वाइट टाइगर’ मा देखिएका अभिनेता रावको यो तेस्रो नेटफ्लिक्स फिल्म हो। हुमाले यसअघि नेटफ्लिक्स सिरिज ‘लीला’मा मुख्य भूमिकामा देखिएकी थिइन्।


Published :१४ बैशाख २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media