जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो सत्ता गठबन्धनबारे तत्काल निर्णय नगर्ने बताएका छन्।
जसपा वरिष्ठ नेता महतोले संसदमम अविश्वासको प्रस्ताव पेश नभएको र सरकारसँग बहुमत रहेकाले यस विषयमा सोच्न जरुरी नरहेको बताए।
‘संसदमा सरकार गठनको विषयले प्रवेश पाएपछि मात्रै जसपाले निर्णय गर्छ। सत्ता गठबन्धनको चासो एमाले, कांग्रेस र मओवादीलाई भएपनि हामीलाई छैन,’ उनले भने, ‘सरकारको विषयमा हाम्रो पार्टीमा छलफल भएको छैन। मंगलबार पदाधिकारीको अनौपचारिक बैठक बसेको हो। कोभिडको कारण अहिले कार्यकारिणी बैठक बस्ने सम्भावना छैन।’
उनले लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका प्रदेश सांसदहरूलाई कुनै कारबाही नहुनेसमेत बताए।
प्रदेश सांसदहरू आफ्नो निर्णय लिन स्वतन्त्र रहेको समेत उनको भनाइ छ।