सांगीतिक क्षेत्र छोडेको भन्ने प्रश्नमा नितेशको जवाफ

राष्ट्रपाटी न्युज

२० बैशाख २०७८

केही दीन अघि गायक नितेश जङ कुवरले आफ्नो नेपाली सांगीतिक यात्रा निष्कर्षमा पुगेको बताएका थिए । सामाजिक सञ्जालमा सांगीतिक यात्रा निष्कर्षमा पुगेको बताएका उनले के कारणले छोड्न लागेको भनेर चाही बताएका थिएनन् l सोही स्टायटस् देखेर उनका फ्यानहरू कयौँ प्रश्न कमेन्ट मार्फत गरेका थिए l फ्यानको प्रश्नको उत्तर दिँदै उनले एक भिडियो बनाएका छन् l जसमा उनले के कारणले सांगीतिक यात्रा निष्कर्षमा पुगेको बताएका छन् l ‘एउटा ठाउँसम्म पुगेको र अब अझ धेरै केही गर्नु छ’ भनेर नेपाली सांगीतिक यात्रा छाड्नुपरेको बताएका छन् ।आफ्नो देशलाई विदेशमा पनि चिनाउनुपर्ने बताउँदै सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताएका छन् । त्यसका लागि आफू आफ्नो तरिकाले काम गर्न थालेको उनले उल्लेख गरेका छन् । आफूले सबैबाट राम्रो साथ र सहयोग पाएर यहाँसम्म पुगेको बताउँदै उनले भनेका छन्–‘यही साथका कारण म केही न केही गर्छु भनेर हिँडेको छु । धेरै बोलेर काम छैन । म कामले नै बोल्छु । काम नै गरेर आउँला ।’ उनले आफूलाई साथ र सहयोग गर्नेहरूलाई धन्यवाद दिँदै अन्य कुराहरू नसोच्न भनेका छन् । नितेशको भनाइ अनुसार अड्कल काट्ने हो भने उनी अन्तराष्ट्रिय गायन क्षेत्रमा केही नयाँ काम गर्न खोजिरहेका छन् । नेपाली पप गायन विधामा आफ्नो छुट्टै गायन शैली प्रस्तुत दिँदै  युवापुस्ता माझ चर्चित बनेका उदयमान पप गायक हुन् नितेश जङ्ग कुवर ।धेरै दर्शक श्रोताले उनका गीतहरू मन पराएको कारणले गर्दा उनको व्यस्तता बढी रहेको थियो । देश तथा विदेशमा साङ्गीतिक कार्यक्रम गरेका कुवरको प्राय सबै गीत युवा पुस्तामा निकै लोकप्रिय छ । गेडे जस्तो जिन्दगी, हाम्रो नेपालमा, निस्ठुरी मोरी लगायत गीतहरू चर्चामा छन् l


Published :२० बैशाख २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media