दीपक निरौलाको अर्को राजनीतिक फड्को, वागमती प्रदेशको मुख्य सचेतकमा नियुक्त

राष्ट्रपाटी न्युज

२३ बैशाख २०७८

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी एमाले वागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनीत भएका छन् ।तत्कालीन मुख्य सचेतक केशव पाण्डे प्रदेशको आन्तरिक तथा कानून मन्त्री भएपछि रिक्त रहेको सो पदमा निरौलालाई मनोनीत गरिएको हो ।

दलका नेता एवम् वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दलको विधान २०७७ को दफा १३ बमोजिम मनोनयन गरेका हुन् । निरौलालाई गत १७ गते मुख्य सचेतकमा नियुक्त गरी आज वागमती प्रदेशसभा सचिवाललाई जानकारी समेत गराइएको छ ।
काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गत निर्वाचित प्रदेशसभा सदस्य निरौला केहि समय अगाडी नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सचिव बनेका थिए।


Published :२३ बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media