माधव नेपालले अघि सारे ६ बुँदे प्रस्ताव, एक होला त एमाले ?

राष्ट्रपाटी न्युज

२३ बैशाख २०७८

 

काठमाडौं, २३ वैशाख । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकता कायम राख्न छ बुँदे प्रस्ताव अघि सारेका छन्। उक्त प्रस्ताव अनौपचारिक रूपमा केपी ओलीलाई दिइएको छ ।

यस्ता छन् प्रस्तावहरुः
१. २०७५ जेठ २ को पार्टी संरचनालाई क्रियाशील पारौं ।
२. पहिलो केन्द्रीय कमिटी बैठकबाट सकेसम्म छिटो महाधिवेशनको मिति तोकौँ र त्यसकालागि आयोजक समिति गठन गरौँ ।
३. आयोजक समितिमा अन्य पार्टीबाट प्रवेश गरेका र अन्य कमरेडहरूलाई समेत आवश्यकता अनुसार मनोनयन गरौँ ।
४. मातहत कमिटीका अधिवेशन गर्ने समय सीमा तोकौँ । दुवै खेमाबाट बनाइएका कमिटीका सबैलाई समावेश गरेर आयोजक कमिटी बनाऔं । २०७५ जेठ २ गते कायम रहेका अध्यक्षलाई संयोजक र अर्को (समानान्तर) कमिटीका अध्यक्ष/संयोजकलाई सहसंयोजक बनाऔं ।
५. एकताबद्ध भएर वैशाख २७ गते संसद्मा विश्वासको पक्षमा मतदान गरौं ।
६. दुई पार्टी एकताबद्ध भए यताका प्रमुख घटनाक्रमका सम्बन्धमा अध्ययन गर्न एक कार्यदल गठन गरौं । त्यसबाट प्राप्त प्रतिवेदनलाई महाधिवेशनमा प्रस्तुत गरौँ ।


Published :२३ बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media