फुलहम रेलिगेसनमा

राष्ट्रपाटी न्युज

२८ बैशाख २०७८

२८ वैशाख, काठमाडौं । बर्नलीसँग पराजित भएपछि फलहम प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ । गएराति भएको खेलमा फुलहम घरेलु मैदानमै बर्नलीसँग २-० ले पराजित भएको हो ।

बर्नलीका लागि खेलको ३५औं मिनेटमा एस्ले वेस्टउड र ४४औं मिनेटमा क्रिस उडले गोल गरे ।

हारपछि फुलहमको ३५ खेलबाट २७ अंक छ । फुलहम १८औं अर्थात पुछारबाट तेस्रो स्थानमा छ । फुलहमले अब बाँकी तीन खेल जितेपनि १७औं स्थानको साउथह्याम्पटनलाई भेट्ने छैन । साउथह्याम्पटनको ३७ अंक छ ।

फुलहम रेलिगेसनमा पर्ने तेस्रो टिम हो । यसअघि नै शेफिल्ड युनाइटेड र वेष्टब्रोम रेलिगेसनमा परिसकेका छन् । यी तीन टिमले अर्को सिजन च्याम्पियनसिप खेल्नेछन् ।


Published :२८ बैशाख २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media