आज ८ हजार ४६ जनामा संक्रमण, १८७ को मृत्यु

काठमाडौं । नेपालमा कोरोनाभाइरसका ८ हजार ४६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १७ हजार ९७१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा १७ लाख ५१ हजार ४८१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमित ४ लाख ४७ हजार ७०४ पुगेको जनाएको छ । हाल १ लाख ९ हजार ७४० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ५ हजार ४५५ जना सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ । हालसम्म ३ लाख ३३ हजार १०८ जना निको भएका छन् । हाल ६७५ जना क्वारेन्टिनमा छन् ।
मन्त्रालयले चौबीस घण्टामा १८७ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा ४ हजार ८५६ जनाले ज्यान गुमाएका छन् ।


Published :१ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media