नेपाली समय अनुसार हिजो मध्यरातमा सुइढेनको गम्ला उल्लेभि रंगशालामा भएको महिला क्लब फुटबल अन्तर्गतको युइएफए महिला च्याम्पियन्स लिगको उपाधि भिडन्तमा फुटबल क्लब बार्सिलोनाले बिजहि भएको छ ।
लन्डन क्लब चेल्सीमालाइ सुन्यका विरुद्ध चार गोलले पराजित गर्दै बार्सिलोनाले उपाधि कब्जा गरेको छ। खेलको पहिलो मिनेटमा चेल्सीका खेलाडीले क्लियर गर्न खोजेको बल चेल्सीकै खेलाडी लिउपोल्जको खुट्टामा लागि आत्माघाती गोल खान पुग्यो ।खेलको सुरुवातमा नै आत्माघाती गोलको शिकार बनेको चेल्सीले खेलको ११औं मिनेटमा बार्सिलोनाकी कप्तान पुटेल्लसलाइ डि बक्स भित्र लडाएर बार्सिलोनालाई पेनाल्टी दिन पुग्यो र १३औं। मिनेटमा पुटेल्लसले उक्त पेनाल्टी अवसर गोलमा परिणत गरी बार्सिलोनालाई दुई सुन्यको अग्रता दिलाइन् । यस्तै बार्सिलोनाका लागि बोनमाटि र ग्रहाम हान्सेनले खेलको २०औ र ३६औं मिनेटमा गोल गर्दै चार सुन्य को अग्रता दिलाए । खेलको बाकि समयमा थप गोल हुन सकेन र बार्सिलोनाले चेल्सीलाई चार सुन्यले पराजित गर्दै उपाधि कब्जामा गर्यो।