बादलकी श्रीमती नैनकला संचारमन्त्री बन्दै

राष्ट्रपाटी न्युज

२७ जेष्ठ २०७८

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापा संचारमन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्न लागेको मन्त्रिपरिषद् पुनर्गठनमा पूर्वमाओवादी समूहबाट नैनकलाले प्रभावशाली मन्त्रालय पाएकी हुन् ।

प्रधानमन्त्रीले आज आफ्नो मन्त्रिमण्डलमा सात जना थपेर मन्त्रीपरिषद्लाई पूर्णता दिँदैछन् । यसक्रममा उनले पूर्वमाओवादी समूहबाट नैनकलालाई संचारमन्त्री बनाउने भएका छन् । यसअघि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण बादललगायत पूर्वमाओवादीका ७ जना मन्त्रीहरू पदमुक्त भएका थिए ।

प्रधानमन्त्रीले मन्त्रिमण्डल विस्तारमा पूर्वमाओवादी समूहबाट दुईजनालाई समेटेका छन् । नैनकलासँगै ज्वाला शाह कृषिमन्त्री बन्ने भएकी छन् ।


Published :२७ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media