बुनपाको भ्याक्सिन लफडामा एक अर्कालाई दोष लगाउँदै मेयर र जनस्वास्थ्य प्रमुख

राष्ट्रपाटी न्युज

२८ जेष्ठ २०७८

काठमाण्डौ। देशभर जस्तै कोरोना विरुद्धको चिनिया भेरोसेल खोप अभियान बुढानिलकण्ठ नगरपालिकामा पनि संचालन भएको छ । जेष्ठ २५ गते ६० देखि ६४ उमेर समुहका जेष्ठ नागरिकहरुलाई लगाएर संचालन भएको भएपनि भोलिपल्ट २६ गते बुढानिलकण्ठ नगरपालिकाका तिन खोप केन्द्रमा व्यापक विवाद आएपछि एक दिन स्थगित भएर पुन २८ गते संचालन भएको थियो। नेपाल सरकारले तोकेका जेष्ठ नागरिक संगै अन्य उमेर समुहका नागरिकहरु पनि खोप लगाउन आएपछी खोप केन्द्रहरुमा तनाव सृजना भएको हो।

यसै बीच खोप अभियानको अन्तिम दिन जेष्ठ २८ गते नगरपालिका कार्यालयमा बाँकी रहेको खोप जम्मा भएपछी पुन खोप लगाउने कार्यक्रम शुरु गरियो। कुनै योजना र तयारि बिना अग्रपंक्तिका व्याक्तिहरुलाई लगाउने भन्दै जनप्रतिनिधि र कर्मचारीका आफन्त लगाएत करिव २०० जनाले खोप लगाएपछि नगरपालिका कार्यालयमा सयौंको संख्यामा मानिसहरुको भिड जम्मा भयो। पहिला खोप लगाइसकेका र लगाउन बाँकी कतिपयले सबै परिवार र आफन्तलाइ समेत बोलाएको देखियो भने कतिपयले खोप कार्ड नै नबनाई खोप भने लगाइसकेको समेत भेटियो।
तर खोप लगाउन नपाएका र विपक्ष पार्टीका मानिसहरुले गुनासो गर्ने क्रम बढ्दै जाँदा परिश्थिति आक्रोशमय बन्यो। नगर कार्यालय भित्र झडपको स्थितिको विकास भयो । त्यहाँ रहेका नगर प्रहरीले मात्र नभई सयौंको संख्यामा जनपथ प्रहरी ल्याएर नगर कार्यालय खालि गर्नुपर्ने स्थिति बन्यो। परस्थितिलाइ मध्यनजर गर्दै केहि विपक्षीहरुले राजनीतिक रंग दिन खोजेको पनि प्रष्ट देखियो।

मेयरको कार्यकक्ष भन्दा ठिक अगाडी सल्लाहकारको कोठामा खोप लगाउने कार्यक्रम हुँदै गर्दा धेरैको आक्रोश र प्रश्न मेयर तिर हुनु स्वाभाविक नै थियो। अन्य धेरै वडाध्यक्ष एबम वडा सदस्यहरुको समेत व्यापक उपस्थिति भएपनि सबै नाजवाफ जस्तै थिए। यो विषयमा परिश्थिति यसरी विकास होला भनेर आंकलन नगरिएको सहज अनुमान गर्न सकिन्थ्यो।
यसैबीच खोप कार्यक्रममा कार्यालय भित्र नै भद्रगोल भएपछी एकले अर्कोलाई दोषारोपण गर्ने काम समेत शुरु भएको छ। नगरपालिकाका मेयर उद्वब खरेल लगायत अन्य केहि वडाध्यक्षहरुले यो भद्रगोलको कारण जनस्वास्थ्य महाशाखा प्रमुख कुमार दाहाल रहेको समेत बताएका थिए। कुनै योजना बिना खोप लगाइएको भन्दै अन्य धेरै सहभागीहरुले उनलाई दोषी करार गर्न खोजिरहेका थिए भने कतिपयले भने जनप्रतिनिधिहरुको कमजोरीका कारण एस्तो भएको भन्दै गालीगलौजमा उत्रेका थिए।

नगर कार्यालयमा प्रतिवाद गर्ने मध्येका एक नेपाली कांग्रेसका स्थानीय नेता श्याम तिम्शिना आफ्नो फेसबुकमा लेख्छन।

उनको भनाइ जस्ताको तस्तै।
आज मिति २०७८ ।०२।२८ गते ६०देखी ६४ बर्ष का बुबा आमा का लागि कोभिड १९ बिरूद्धको भ्याक्सिन बुबा आमा को उमेर बर्ष ता अलीक परको कुरा भयो १ महिना उमेर नपुगेको भन्दै दिन भरी को तातो घाममा तताएर फर्कनुभएको थियो तेही भ्याक्सिन बुढानिलकण्ठ नगर पालिका हको भबन मा आजै आफ्ना र आफन्त लाई बोलाइ बोलाइ हानिनु यो कस्तो प्रकृया हो ? यसको जवाफ नगर प्रमुख उद्धव प्रसाद खरेल र स्वास्थ्य का हाकिम कुमार दाहालले तुरुन्त दिनु पर्छ जनता को बाच्ने अधिकार माथी राजनैतिक हस्तक्षेप यो कस्तो पद्दती हो । नत उमेर को डाटा छ नत खोप मात्र को सङ्ख्या छ ।त्यसैले कुमार दाहालले तुरुन्तै नगर पालिका बाट हात धोएर जनता लाई गरेको अमानवीय व्यवहार मा सजाय को भागीदार हुनुपर्छ । नगर पालिका का जनताको हितमा आयको खोप लुकाइ सुरक्षा दिन नसकेको बिषय निन्दनिय छ मेयर उद्धव खरेल र कुमार दाहाललाई तुरुन्तै कार्भाइको माग गर्दछु ।श्याम तिम्सिना बु न पा वडा नं १०कपन काठमाडौं नेपाली कांग्रेस ईकाई समिति सदस्य तथा सङ्घर्ष समिति सम्योजक ।जय नेपाल ।

यसै सन्दर्भमा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्वब खरेलले खोप सम्बन्धि बिषयमा विवाद भएपछी एउटा विज्ञप्ति निकालेका छन्।


बिज्ञप्ति निकालिएको केहि समय पछि आफ्नो फेसबुकवालमा खोपमा राजनिती नगर्न आग्रह गर्दै उनले यस्तो लेखेका छन्।

Covid 19 Vaccine तोकिएको प्राथमिकता अनुसार लगाउ। जहाँ पाइन्छ खोजी खोजी लगाउ।सरकार ले छिटो छिटो उपलव्ध गराउ। अरुले लगाएको बिरोध नगरौ।खोपमा राजनिती नगरौ।
यसै सन्दर्भमा राष्ट्रपाटि सम्बाददाता संग कुरा गर्दै जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दाहालले नगर कार्यालयमा मेयर उद्दव खरेल संग समन्वय गरेर नै कार्यालय भित्र खोप लगाउन शुरु गरिएको बताएका छन्। उनले करिव २०० जनाले खोप लगाइसकेपछि भिड अत्याधीक बढेको र परिश्थिति अनियन्त्रित हुन् पुगेको बताएका छन्।
यसरी योजना तथा आंकलन बिना अव्यबस्थित शैलीले खोप कार्यक्रम संचालन गर्दा बुढानिलकण्ठ स्थानीय सरकार र कर्मचारी प्रशासन दुवै आलोचित हुनुपरेको छ। निर्बाचनको मुखमा यस्ता विषयबस्तुहरुले राजनीतिक दलहरुलाई फाइदा या घाटा त हुन्छ नै सम्बन्धित उमेर समुहले लाभ प्राप्त गर्ने सम्भावना समेत कम भएर जान्छ।
आज देखिएको परिश्थितिको दोष मेयर लगायत जनप्रतिनिधिले जनस्वास्थ्य महाशाखा प्रमुखलाई लगाउने र महाशाखा प्रमुख दाहालले मेयर लाइ लगाउने देखिएको छ। यो घटनाबाट पाठ सिकेर भविष्यमा जनप्रतिनिधि र कर्मचारीले योजनाबद्व ढंगले कार्यक्रमहरु संचालन गर्नुपर्ने देखिन्छ।

जेष्ठ २८ गते साँझ बुढानिलकण्ठ नगर कार्यालयमा लिएका केहि तस्विरहरु

 

 


Published :२८ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media