पेरिस — युरो २०२० मा बिहीबारका खेलपछि लिग चरणका प्रतिस्पर्धा सकिएका छन् । यससँगै अन्तिम १६ मा खेल्ने टिमको समीकरण पूरा भएको छ । लिग चरणका प्रत्येक समूहका विजेता र उपविजेताले स्वत: नकआउट चरणमा प्रवेश पाए ।
यस्तै वेल्स, डेनमार्क, अस्ट्रिया, क्रोएसिया, स्पेन र जर्मनी समूहको उपविजेता बने । स्विजरल्यान्ड, युक्रेन, चेक गणतन्त्र र पोर्चुगल भने तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिम बने ।
यस्तै तेस्रो स्थानमा रहने चार उत्कृष्ट टिमले पनि दोस्रो चरण खेल्ने निश्चित भएको थियो । समूहविजेताका रूपमा इटाली, बेल्जियम, नेदरल्यान्ड्स, इंग्ल्यान्ड, स्विडेन र फ्रान्सले दोस्रो चरणको यात्रा तय गरे ।
अब क्वार्टरफाइनलमा बेल्जियम र पोर्चुगल, इटाली र अस्ट्रिया, फ्रान्स र स्विटजरल्यान्ड, क्रोएसिया र स्पेन, स्विडेन र युक्रेन, इंग्ल्यान्ड र जर्मनी, नेदरल्यान्ड्स र चेक गणतन्त्र तथा वेल्स र डेनमार्क भिड्नेछन् ।