चिनीयाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुरा

चिनीयाँ कम्युनिष्ट पार्टी स्थापनाको आज सय बर्ष पुरा भएको छ ।

यसै अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटीका महासचिव एवं राष्ट्रपति सी चिनफिङ्ले कम्युनिष्ट भावना नै पार्टीको शक्तिको स्रोत भएको बताएका छन् ।

चिनियाँ केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका राष्ट्रपति सीले चिनियाँ कम्युनिष्ट पार्टीको शताब्दी वर्षको उपलक्ष्यमा वेइजिङको तियानमेनमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै सत्य र आदर्शहरूको समर्थन गर्ने, मूल आकांक्षालाई सच्चाइमा राख्ने र डर बिना साहसपूर्वक लड्न, र पार्टीप्रति वफादार रही जनताप्रति वफादार रहनु नै पार्टिको मुलभुत सिद्धान्त भएको वताएका छन् ।

उनले एस्तो भावना पार्टीको शक्तिको स्रोत भएकोसमेत वताएका छन् ।


Published :१७ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media