कोपा अमेरिका फुटबलमा कोलम्बिया तेस्रो

एजेन्सी । कोपा अमेरिका फुटबल अन्तर्गत कोलम्बिया तेस्रो हुन सफल भएको छ । तेस्रो स्थानको प्रतिस्पर्धा कोलम्बियाले पेरुमाथि जित निकालेको हो। शनिबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा कोलम्बियाले पेरुलाई ३-२ ले पराजित गरेको हो ।

श्निबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा ३-२ गोल अन्तरले पराजित गर्दै कोलम्बिया तस्रो बनेको हो ।खेलको ४५ औा मिनेटमा योशीमार योटुनले गोल गर्दै पेरुलाई सुरुवाती अग्रता दिलाएका थिए । ४९ औँ मि नेटमा जुआन कोर्डाडोले गोल गर्दै कोलम्बियालाई बराबरीमा ल्याउन सफल भए ।

६६ औँ मिनेटमा लुइन डियाजले गोल गर्दै कोलम्बियालाई खेलमा अग्रता दिलाए । ८२ औँ मिनेटमा जियान्लुलाले गोल गर्दै पेरुलाई बराबरीमा ल्याएका थिए । खेलको ९० प्लस ४ मिनेटमा लुइस डियाजले गोल गर्दै जित पक्का गरे ।

कोपाको उपाधिको लागि आइतबार बिहान साविकको विजेता ब्राजिल र अर्जेन्टिनाबीच माराकाना स्टेडियममा नेपाली समयअनुसार ५ः४५ बजे हुनेछ ।


Published :२६ असार २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media