प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

राष्ट्रपाटी न्युज

३ श्रावण २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् ।

प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा १६५ ,विपक्षमा ८३ र तटस्थमा १ जना सांसद उभिएका छन् । मतदानमा २४९ जना सांसद उपस्थित थिए ।

प्रतिनिधि सभाको आइतबारको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिएका हुन् । प्रधानमन्त्री देउवाको पक्षमा एमालेका केही सांसदसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मत दिएका छन् ।


Published :३ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media