विगत २४ घण्टामा थप ३१०६ जनामा संक्रमण , २३ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

१६ श्रावण २०७८

काठमाडौं– नेपालमा गत २४ घण्टामा ३,१०६ जना कोभिड संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा १३,५१९ जनामा गरिएको आरटी पीसीआर र र एन्टीजेन परीक्षणमा ३,१०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १९१६ जना संक्रमणमुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ । नेपालमा निको हुनेको दर ९४.१ प्रतिशत रहेको छ ।

उपत्यकाका काठमाडौंमा ५१७, ललितपुरमा १६४ र भक्तपुरमा ९४ जना संक्रमित भएका छन् ।


Published :१६ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media