एमालेको बुढानिलकण्ठ नगर कमिटि विस्तार,सचिव पद खाली(नामावली सहित)

राष्ट्रपाटी न्युज

२२ श्रावण २०७८

काठमाण्डौ । नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी विस्तार गरिएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं -१३ चुनिखेलको सार पार्टी प्यालेसमा आयोजना गरिएको नगर कमिटिको पहिलो बैठकमा नगर कमिटी सदस्य,वडा कमिटि अध्यक्ष र सचिवको नाम अनुमोदन गरिनुको साथै नगर सचिवालय पनि घोषणा गरिएको थियो । त्यसैगरि विभिन्न शाखा र जनसंगठनहरुको इन्चार्ज समेत तोकिएको छ।

नगर कमिटी विस्तार गरि सम्पूर्ण पदपूर्ति गरिएपनि धेरै व्याक्तिहरुको अत्याधिक चाहना र दावीका कारण सचिव भने घोषणा गर्न सकिएको छैन। सचिव घोषणा गर्दा धेरै अशन्तुष्टी बढ्न सक्ने र पार्टी एबम गुट समेत छोड्न सक्ने सम्भावनालाई विचार गरि जिल्ला कमिटिलाइ सचिव नियुक्तिको लागि बिभिन्न ४/५ जना व्याक्तिको नाम सिफारिस गरिएको स्रोतले बताएको छ।

तर नगर कमिटिको लागि महत्वपूर्ण मानिने सचिव पद भने हाल सम्म रिक्त छ। तत्कालिन नेकपा एमाले र माओबादी केन्द्रको एकता पछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिव बनेका प्रदिप डंगोल हाल नेकपा (एमाले) को नगर कमिटिको अध्यक्ष बनेका छन्।

पार्टी बिभाजन हुन लागेको यो बेलामा सचिव बिहिन कमिटिलाइ शसक्त ढंगले नेतृत्व गर्न अध्यक्ष प्रदिप डंगोल लाई हम्मे हम्मे परेको छ। स्वतन्त्र ढंगले निर्णय गर्न नसक्ने एबम पुर्व नगर अध्यक्ष एबम प्रदेश साम्सद दिपक निरौलाको नजिकका मानिने डंगोलले शशक्त एबम प्रभावकारी ढंगले नेतृत्व गर्न नसकेको एकजना एमाले जिल्ला नेता वताउछन्।

अध्यक्ष र सचिव

वडा नं १ : हरी भारती ( अध्यक्ष ) र नबिन श्रेष्ठ ( सचिव )

वडा नं २. राजेन्द्र श्रेष्ठ ( अध्यक्ष ) र निशा बराल ( सचिव )

वडा नं ३ : गणेश कुँवर ( अध्यक्ष ) र राज कुमार महर्जन ( सचिव )

वडा नं ४ : कमला पन्त ( अध्यक्ष ) र पर्शुराम शर्मा ( सचिव )

वडा नं ५ : नारायण दुलाल ( अध्यक्ष ) र चन्द्रमान श्रेष्ठ ( सचिव )

वडा नं ६ : प्रशान्त डंगोल ( अध्यक्ष ) र रामहरी खड्का ( सचिव )

वडा नं ७ : मंगलदास श्रेष्ठ ( अध्यक्ष ) र विश्व निरौला ( सचिव )

वडा नं ८ : बिनोद थापा ( अध्यक्ष ) र सबिन अधिकारी ( सचिव )

वडा नं ९ : दिलिप थिङ्ग ( अध्यक्ष ) र मिना श्रेष्ठ ( सचिव )

वडा नं १० : जगत प्रसाद निरौला ( अध्यक्ष ) र शम्भु पौडेल ( सचिव )

वडा नं ११ : कृष्ण भट्टराई ( अध्यक्ष ) र अंगुर पौडेल ( सचिव )

वडा नं १२ : शंकर भट्टराई ( अध्यक्ष ) र विष्णु भट्टराई ( सचिव )

वडा नं १३ : टिकेस नारायण श्रेष्ठ ( अध्यक्ष ) र धर्म श्रेष्ठ ( सचिव )

शाखा कमिटी इन्चार्ज

वडा नं १ : सुरेन्द्र लामा

वडा नं २ : राजेन्द्र खड्का

वडा नं ३ : बिमला न्यौपाने

वडा नं ४ : कैलास खड्का

वडा नं ५ : किरण ठकुरी

वडा नं ६ : श्याम के सि

वडा नं ७ : तोयानाथ अधिकारी

वडा नं ८ : सुमन तामाङ

वडा नं ९ : पशुराम कार्की

वडा नं १० : धुर्ब भट्टराई

वडा नं११ : राजु अधिकारी

वडा नं १२ : शम्भु भट्टराई

वडा नं १३ : कृष्णकाजी श्रेष्ठ

जनसंगठन इन्चार्ज

राष्ट्रिय युवा संघ नेपाल: नवराज भट्टराई

अनेम संघ: दुर्गा थापा

जेष्ठ कम्युनिस्ट मञ्च: बिन्दा गौतम

बिद्यार्थी : देबि रेग्मी

नेपाल खेलकुद महासंघ : सुनिता गुरुङ

सल्लाहकार समिती : ईश्वरी भट्टराई

बुद्धिजीवी : राधाकृष्ण भण्डारी

राष्ट्रिय जनसास्कृतिक मंच : लक्ष्मि न्यौपाने

नेपाल उत्पीडित मुक्ति समाज: तारा रोक्का

शिक्षक संगठन : विनामाया थिङ

प्रचार प्रसार : पुण्यराज पुडासैनी

बिकास निर्माण अनुगमन संयोजक: श्रीकृष्ण श्रेष्ठ


Published :२२ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media