वुढानिलकण्ठ १० मा एमालेले अन्तरक्रिया कार्यक्रम संचालन गर्ने

राष्ट्रपाटी न्युज

२४ श्रावण २०७८

काठमाडौं । यही श्रावण २३ गते नेकपा एमाले वुढानिलकण्ठ नगरपालिका वडा नं १० कमिटीको पहिलो बैठक बसेको छ।
उक्त बैठक कमिटीका अध्यक्ष जगत निरौलाको अध्यक्षतामा बसेको थियो भने कार्यक्रमको सन्चालन सचिव शम्भु शरण पौडेलले गरेका थिए। उक्त बैठकमा आमन्त्रितको रुपमा नेकपा एमाले जिल्ला सचिवालय सदस्य मिठाराम अधिकारी, जिल्ला कमिटि सदस्य लक्ष्मि संग्रौला , वुढानिलकण्ठ नगर अध्यक्ष प्रदिप डंगोल, वडा इन्चार्ज धुर्ब भट्टराई लगायत अन्य नगर कमिटी सदस्यरु उपस्थित थिए ।

उक्त बैठकले १३ सदस्यीय वडा कमिटिको सचिवालय गठन गर्ने निर्णय गरेको छ। उक्त कमिटीमा जगत प्र निरौला, शम्भु शरण पौडेल ,चन्द्र्मान श्रेष्ठ , कमला कार्की,नबराज देउजा,साबित्रा कडेल , दिल कुमारी बि क ,राजेन्द्र अधिकारी , सरीता रिमाल , अनन्त पौडेल , प्रतिमा बिष्ट पौडेल , मनोज कुमार उप्रेती तथा रिता थपलीया रहेका छन् ।

त्यसै गरि वडामा युबा संघ गठन गर्न सम्योजकमा नवराज देउजा तथा सह सम्योजकमा बबिन अधिकारी, अनेमसंघ गठन गर्न सम्योजकमा सरिता रिमाल तथा सह सम्योजकमा रिता पाण्डे,मुक्ति समाज गठन गर्न सम्योजकमा अनन्त पौडेल तथा सह सम्योजकमा कविराज परियार ,बुद्दिजिबि कमिटि गठन गर्न सम्योजकमा मनोज कुमार उप्रेती तथा सह सम्योजकमा रिता थपलिया , जेष्ठ नागरिक मन्च गठन गर्न सम्योजकमा राजेन्द्र अधिकारी तथा सह सम्योजकमा साबित्रा सिटौलालाइ जिम्मेवारी दिइएको छ।

उक्त बैठकले बाकी रहेको पार्टी सदस्यता नबिकरणको कार्यलाई छिटो भन्दा छिटो सम्पन्न गर्ने तथा पार्टी नेता र कार्यकर्ता बिच समसामयिक राजनीति र पार्टीको भुमिकाका बारेमा  अन्तरक्रिया कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ।

 


Published :२४ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media