अफगानिस्तानका राष्ट्रपतिले देश छाडे

राष्ट्रपाटी न्युज

३१ श्रावण २०७८

काठमाडौं– अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । उच्च स्रोतलाई उद्धृत गर्दै अल जजिराले जनाएअनुसार उनि ताजिकिस्तान प्रस्थान गरेका छन् ।

सुरक्षाको कारण देखाउँदै राष्ट्रपति कार्यालयले भने औपचारिक जानकारी दिन अस्वीकार गरेको छ ।

तालिवानी अधिकारीहरु भने राष्ट्रपतिले मुलुक छाडेकोबारे आफूहरुले अध्ययन गरिरहेको जनाएका छन् ।

ह्जारौंको संख्यामा रहेका तालिबान बिद्रोहीले आइतबार मध्यान्हबाट चारैतर्फ राजधानी काबुललाई घेरा हाल्दै बर्हिगमन र प्रबेश बन्द गरेका छन् ।


Published :३१ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media