सरकारले गर्यो राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

काठमाडौं– मन्त्रिपरिषदको आज बसेको बैठकले राजनीतिक दल सम्बन्धी विद्यमान कानुनमा परिमार्जन गर्नका लागि आवश्यक अध्यादेश ल्याउने निर्णय गरेको छ ।
आज बालुवाटारमा बसेको बैठकले संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान सहित अध्यादेश जारी गरेको हो ।
प्नधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यादेश जारी गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भइसकेको र अध्यादेशका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिलाई जानकारी गराइसकेका छन् ।


Published :१ भाद्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media