प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, नेपाल गुट छोड्ने दुई जना मन्त्री

राष्ट्रपाटी न्युज

११ भाद्र २०७८

विराटगनर। प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । मुख्यमन्त्री आचार्यले शुक्रबार ताप्लेजुङका सांसद बलबहादुर साम्सोहाङलाई सामाजिक विकास मन्त्री र तेह्रथुमका सांसद लछुमन तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन्। दुवैजना मन्त्रीको शपथग्रहण भएको छ ।

मुख्यमन्त्री आचार्य शुक्रबार बिहानैदेखि मन्त्रिपरिषद् बिस्तारका लागि आन्तरिक छलफलमा जुटेका थिए।मन्त्री नियुक्त भएका दुवै जना माधवकुमार नेपाल समूह छोडेर पछिल्लो समय एमालेमा खुलेका थिए ।


Published :११ भाद्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media