एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको भाडा मासिक तीन लाख २५ हजार रुपैयाँ

राष्ट्रपाटी न्युज

१ आश्विन २०७८

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र सरकारले पूर्णता पाउने बताएका छन।

मिनभवनमा नेकपा (एस)को केन्द्रीय कार्यालय उदघाटनपछि पत्रकारहरुसँग कुरा गर्दै उनले आफ्नो पार्टी सरकारमा सहभागी हुन तयारी अवस्थामा बसेको बताए । ‘आशा गरौं, यो हप्ताभित्र हुने छ,’ उनले भने।

अध्यक्ष नेपालले संसद र सरकारमा आफूहरुको भूमिका सत्तापक्षको रुपमा रहने जानकरी दिए ।

एमालेबाट अलग्गिएर बनेको नेकपा (एस)ले मीनभवन, आलोकनगर, काठमाडौं (भिएस निकेतन स्कुलको पुरानो भवनको छेउबाट बागमती कोरिडोरतर्फ) मा पार्टी कार्यालय खोलेको छ ।

मासिक तीन लाख २५ हजार रुपैयाँ तिर्ने गरी घर भाडामा लिएर पार्टी कार्यालय सन्चालन गरिएको नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

भुइँतलासहित चार तले सो घरको मालिक पूजा थापा बस्नेत हुन् । घरमा १५ वटा कोठाहरु छन् ।


Published :१ आश्विन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media