अध्यक्ष ओली लगायत सबैले लिए शपथ !

राष्ट्रपाटी न्युज

१४ मंसिर २०७८

चितवन– नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले शपथ लिएका छन् ।

नवनिर्वाचित अध्यक्ष ओलीले मंगलबार साँझ सौराहामा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाबाट शपथ लिएका हुन् । अध्यक्ष ओलीले केन्द्रीय कमिटीका निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ खुवाएका थिए ।

अध्यक्ष ओली डा. भीमबहादुर रावललाई हराउँदै निर्वाचित भएका हुन् । उनले १८३७ मत पाउँदा रावलले २२३ मत पाएका थिए ।


Published :१४ मंसिर २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media