प्रेस चौतारी उपत्यका प्रदेश कमिटीको अध्यक्षमा सिलवाल चयन

राष्ट्रपाटी न्युज

२१ मंसिर २०७८

काठमाडौं । प्रेस चौतारी नेपालको उपत्यका प्रदेश कमिटीको सोमबार विस्तार भएको छ ।उक्त कमिटीको अध्यक्षमा हेमराज सिलवाल चयन भएका छन् । त्यसैगरि उपाध्यक्षमा राजु सुवेदी, महिला उपाध्यक्षमा कविता अधिकारी, महासचिवमा विष्णु आचार्य, सचिवमा घनश्याम धमला, समावेशी सचिवमा रमेश गिरी र कोषाध्यक्षमा ज्योति जिसी चयन भएका छन्।

प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यता र उपत्यका इञ्चार्ज प्रकाश सिलवाल, केन्द्रीय सदस्य संचिता घिमिरेको उपस्थितिमा आज केन्द्रीय कार्यालय न्यूप्लाजामा सम्पन्न उपत्यकाको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि एबम केन्द्रीय अध्यक्ष बस्नेतले संगठनको नवौँ राष्ट्रिय महाधिवेशन तोकिनुपूर्व सदस्यता विस्तार र नवीकरण कार्य पूरा गरी दुई महिनाभित्र प्रदेश र जिल्ला कमिटीको अधिवेशन सम्पन्न गर्न निर्देशन गरिएको वताएका छन् ।


Published :२१ मंसिर २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media