भारतका रक्षाप्रमुख रावत चढेको हेलिकोप्टर तामिलनाडुमा दुर्घटना

राष्ट्रपाटी न्युज

२२ मंसिर २०७८

काठमाडौं । रक्षाध्यक्ष बिपिन रावतसहित भारतीय सेनाका १४ जना सैनिक अधिकारीलाई लिएर उडेको एमआइ-१७ हेलिकोप्टर आज तामिलनाडुमा दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको र उनीहरुको शवलाई जलेको अवस्थामा फेला पारिएको भारतीय संचारमाध्यमले जनाएका छन् । जनरल रावतलाई गम्भीर अस्पतालमा वेलिङटनस्थित सैनिक अस्पतालमा लगिएको छ ।

रावतको स्थितीबारे औपचारिक जानकारी दिन भारतीय रक्षामन्त्री राजनाथ सिंहले केहीबेरमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् । तर, संचारमाध्यमले चाहिँ रावत गम्भीररुपमा घाइते भएको विवरण प्रेषित गरेका छन् ।

हेलिकोप्टर घटनाबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई ब्रिफिङ गरिएको छ । हेलिकोप्टरमा रावतसहित उनकी पत्नी मधुलिकासहित अन्य सैनिक अधिकारी सवार थिए ।

 


Published :२२ मंसिर २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media