काँग्रेस महाधिवेशन: पार्टी केन्द्रीय कार्यालय सानेपामा उपसभापतिको मतगणना सुरु

राष्ट्रपाटी न्युज

२९ मंसिर २०७८

काठमाडौँ। नेपाली काँग्रेसका उपसभापतिको मतगणना सुरु भएको छ । १४औँ महाधिवेशन अन्तर्गत सोमबार भएको मतदानको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भर्खरै सुरु भएको हो ।

निर्वाचन समिति सदस्य एवम् अधिवक्ता केशव रिजालका अनुसार साढे ४ बजे सुरु हुने भनिएको मतगणना केही ढिला गरेर भर्खरै सुरु भएको हो ।

पार्टी सभापतिका लागि दोस्रो चरणमा भएको मतदानबाट शेरबहादुर देउवा निर्वाचित भैसकेका छन्। पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाउन नसकेपछि मङ्गलबार बढी मत पाउने शेरबहादुर देउवा र डा। शेखरप्रसाद कोइरालाबीच दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणको मतदानमा देउवा सभापति निर्वाचित भएका छन् ।

सभापतिको मतपरिणाम सार्वजनिक भए पनि पदाधिकारी एवं केन्द्रीय सदस्यको मतगणना बाँकी छ । निर्वाचन समिति सदस्य रिजालका अनुसार करिब चार घण्टापछि उपसभापतिका उम्मेदवारको मत परिणाम सार्वजनिक हुनेछ ।

काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, सुजाता कोइराला, धनराज गुरुङ, चन्द्र भण्डारी, महेश आचार्य र दिव्येश्वरी शाहले उम्मेदवारी दिएका छन् । पार्टी विधान अनुसार दुई जना उपसभापति महाधिवेशनबाट निर्वाचित हुनेछन


Published :२९ मंसिर २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media