मेरो कार्यकाल घाम जस्तै छर्लंग छ, नबिराउनु-नडराउनु !!! – मेयर उद्वव खरेल

काठमाडौं। पछिल्लो स्थानीय तहको निर्बाचनमा बूढानिलकण्ठ नगरपालिकामा अत्याधिक बहुमतका साथ मेयर पदमा बिजयी भएका उद्वव खरेलको हालको ४ बर्षको कार्यकालमा बिबिध उतार चढाव आएका छन्। भूगोल र जनसंख्या दुबैको हिसाबले धेरै ठुलो नगरपालिका भएर पनि होला बिबिध बिषयहरुले यो नगरपालिका र मेयर खरेललाइ सधै प्रत्यक्ष र परोक्ष रुपमा जोडिनै राखेका हुन्छन्। आर्थिक, नैतिक लगायतका बिबिध आयामहरूसंग जोडिएको यो नगरपालिकामा भएका तमाम सहज र असहज परिश्थितिहरुबाट सधै जोगिएको नाम हो उद्वव खरेल। यसको एउटै मुख्य कारण हो उनको इमान्दारिता।

मेयर उद्वव खरेल विरुद्व निरन्तर नकारात्मक समाचार सम्प्रेषण गर्दै मिसन पत्रकारिता संचालन गरिरहेको एक स्थानीय अनलाइन संचार माध्यमले पछिल्लो समय बूढानिलकण्ठ २ मा निर्माण हुँदै गरेको एक कोलोनीको बिषयलाई मेयर संग जोड्दै उनको फोटो समेत राखेर समाचार सम्प्रेषण गरेपछि यो बिषय पेचिलो रुपमा प्रस्तुत भएको छ। उक्त कोलोनी निर्माणको बिषयमा आफुलाई जानकारी समेत नभएको र स्थानीय वडा र इन्जिनियरहरुलाई यो बिषयमा जानकारी हुनुपर्ने मेयर खरेलको भनाइ छ। कानुनि प्रक्रिया पुरा नगरेको या नियम अनुसार निर्माण कार्य संचालन नगरेको भए कानुन बमोजिम तुरुन्त कारबाही प्रक्रिया अगाडी बढ्ने भन्दै मेयर खरेलले यो बिषयमा बिशेष ध्यानाकर्षण भएको बताएका छन्। यस प्रक्रियामा वडा कार्यालय, इन्जिनियर वा अन्य सरोकारवाला निकायको कमजोरी भए तुरुन्त सच्चाउनु पर्ने र जसरि भएपनि कानुनि प्रक्रियाभित्र ल्याउनुपर्ने मेयर खरेलको ठहर छ।

यसैबीच उक्त समाचारमा मेयर खरेलको छोराको हार्डवेयरबाट सबै माल मटेरियल आपूर्ति भैरहेकाे भनि समाचार जोडिएको बिषय प्रति मेयर खरेलले आपत्ति व्यक्त गरेका छन्। उनले करिव ७ बर्षदेखी आफू त्यो हार्डवेयरमा जाँदा पनि नगएको भन्दै आफूलाई त्यस बिषयमा जोड्नु अत्यन्त निम्छरो कार्य भएको बताएका छन्। व्याक्तिको निजि जीवन र परिवारको बिषयलाई सन्दर्भहिन कुरासंग जोडेर समाचार बनाएर प्रकाशन गर्न थोरै पनि किन लाज नलागेको होला भन्दै मेयर खरेलले यस्ता बिषयले आफ्नो राजनीतिक पार्टी र राजनीतिक जीवनलाई अझ सबल र मजबुत बनाउने बताएका छन्। यस्ता निच बिषय र तर्क संग आफूले जवाफ फर्काउन समेत उपयुक्त नठानेको भन्दै उनले राजनितिनै गर्न खोजेको भए चुनाबमा जनताको बिचमा आउन चुनौती समेत दिएका छन्।

यसै सन्दर्भमा थप कुराकानी गर्दै मेयर खरेलले नामै तोकेर उक्त अनलाइनका सम्पादक केशव पाठक आफ्नो आफन्त भएको र उनलाई धेरै पारिवारिक कुरा थाहा भएको भन्दै आफ्नो छोरा र परिवारको निजि जीवन र व्यबसाय संग जोडेर समाचार प्रकाशित गर्ने कार्यले आफुलाई चोट पुगेको बताएका छन्। ” पत्रकारिता र समाचारले हामीलाई सचेत गराउने कुरा ठिकै होला तर निजि जीवन संग जोड्ने कार्य निकृष्ट र निच हो। नबिराउनु , नडराउनु भने जस्तै मेरो जीवन घाम जस्तै छर्लंग छ। ” मेयर खरेल भन्छन। केहि समय अगाडी देखि आफू बिरुद्द निरन्तर उनले योजनाबद्द ढंगले समचार छापिरहेको भन्दै आफ्नो इमान्दारिताले त्यो सबै बालुवामा पनि हाले जस्तै भएको टिप्पणी गरेका छन्।

यसैबीच वडा नं २ का वडासदस्य राजेन्द्र श्रेष्ठले आफूले त्याे फाइल मसँगै छ भनेर नभनेको दावी गरेका छन्। उक्त समाचारमा आए जस्तो आफूले नभनेको भन्दै वडा कार्यालयमा फाइलको प्रक्रिया चल्दै गरेको वताएका छन्।

एक जना जनप्रतिनिधिका अनुसार उक्त कोलोनी निर्माणको जिम्मा लामा थरका एकजना व्याक्तिले पाएको र पछि व्यबस्थापन संग कुरो नमिलेर उनलाई हटाइएपछि वदला लिन उनले यो घटनालाई बढाएको र मिडिया बाजी गरिएको हो।


Published :११ पुष २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media