काठमाडौं। मंगलबार देखिको मौसम वदलीसँगै ह्वात्तै बढेको चिसोका कारण विदधुत खपत वर्षकै उच्च तहमा पुगेको छ । नेपाल विधुत प्राधिकरणको तथ्याङक अनुसार विधुत खपत एक हजार छ सय ९९ मेगावाट पुगेको छ ।
प्रभावकारी विधुत वितरण हुन सकेको भए विधुत खपत अझ बृद्धि भएर एक हजार सात सय ५० मेगावाटसम्म पुग्ने प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताएका छन्। पुराना संरचना र चिसोसँगै विधुत वितरण प्रभावकारी नहुदाँ धेरैजसो स्थानमा विधुत कटौती भएको उनले बताए ।
बुधबारको विधुत माग वर्षकै उच्च हो । माग बढी हुँदा प्राधिकरणको वितरण संरचनाले समेत नधानेर ट्रान्फर्मर पड्किने समस्या, क्षमताले नधान्दा तारमा आगो लाग्ने, भूमिगत वितरण लाइनलाई सञ्चालन गर्न नसक्दा ग्राहकलाई भनेअनुसार विधुत आपूर्ति गर्न नसकेको प्रवक्ता भट्टराईले बताए । प्राधिकरणले विधुत खपतलाई बृद्धि गर्न विभिन्न रणनीतिहरु अपनाउन शुरु गरेसँगै वितरणलाई प्रभावकारी बनाउने लागि परेको उनले बताए ।
चिसोका कारण तातो बनाउने विधुतीय सामाग्री प्रयोगको दर धेरै बृद्धि भएको पाइएको छ । वितरणलाई प्रभावकारी बनाउन प्राधिकरणको पुरानो संरचना पुनःनिर्माण, भुमिगत संरचना तत्काल सञ्चालन गर्ने, सडकले अवरुद्ध गरेको निर्माण कार्यलाई तत्काल समन्वय गरी काम अघि बढाउने, लगाइएको ठेक्का कोभिड–१९ ले ढिलाइ भए पनि तत्काल काम सम्पन्न गर्न ताकेता गर्नेजस्ता काम अघि बढाइएको प्राधिकरणले जनाएको छ ।
वितरणका लागि सव–स्टेशन निर्माणलाई तिव्रता दिएसँगै प्रशारण लाइन विस्तारपनि द्रूतगतिमा भएकाले आउने वर्षदेखि विधुत खपतको दर एक हजार आठ सय मेगावाट माथि पु¥याउने लक्ष्य राखेको प्राधिकरणले जनाएको छ । खपत बृद्धिसँगै आन्तरिक उत्पादनले अपुग भएको विधुत हिउँदमा भारतबाट आयत गरी पूर्ति गर्दे आएको जनाएको छ । हाल भारतबाट ६५० मेगावाटसम्म विदधुत आपूर्ति गर्नु परेको प्राधिकरणको तथ्याङ्क छ ।