भारत भ्रमणमा आइतबार जादै प्रधानमन्त्री देउवा

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवा पुस २५ गते अर्थात् आउँदो आइतबार भारत भ्रमणमा जाने भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।

पाँचौं पटक प्रधानमन्त्री हुनुभएपछि देउवाको यो पहिलो भारत भ्रमण हो ।

मन्त्री पौडेलका अनुसार प्रधानमन्त्री देउवा भारतको गुजरातमा हुन लागेको ‘गुजरात ग्लोबल समिट’मा भाग लिन जाने भएका हुन् ।

यसैगरी, सरकारले भारतबाट जीटुजीमार्फत मल खरिद गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले मल खरिद गर्नका लागि भारतसँग सम्झौता गर्ने उनले बताए ।


Published :२१ पुष २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media