एमाले काठमाडौंको जिल्ला अधिवेशन भोलिदेखि, निरौला अध्यक्ष बन्ने करिव निश्चित

काठमाडौं – नेकपा एमाले काठमाडौंको छैठौं जिल्ला अधिवेशन कागेश्वरी मनोहरा नगरपालिका –६ मा रहेको मुलपानी क्रिकेट मैदानमा भोलि शुक्रबार शुरु हुँदैछ ।अधिवेशनको उद्घाटन पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ।

उक्त उद्घाटन समारोहमा एक लाख बढी सर्वसाधारणलाई सहभागी गराउने एमालेको दावी छ । बन्दसत्र भने पर्सि २४ गते शनिवार राष्ट्रिय सभागृहमा हुनेछ । काठमाडौंमा झन्डै अठ्ठाइस हजार पार्टी सदस्य रहेको एमालेमा नेतृत्व सर्वसहमतिमै चयन हुने करिव पक्का जस्तै छ । आज एमाले काठमाडौंले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कृष्ण राईले उक्त संकेत गरेका छन् ।

यसैबीच नयाँ नेतृत्व चयनका सम्बन्धमा पार्टी कार्यकर्तामा खासै उत्साह देखिदैन। कसरि हुन्छ आफ्नो सदस्य पद जोगाउन पाए हुने र लिष्टमा आफ्नो नाम पार्न तिर धेरै बर्तमान जिल्ला सदस्यको ध्यान रहेको छ। हाल रहेका जिल्ला सदस्यहरु मध्य समेत सबै पुन बन्न सक्ने संख्यात्मक अबस्था छैन भने नयाँहरुको प्रयास पनि उत्तिकै छ। सबैको ध्यान बन्दसत्रको अन्तिम तिर आउने लिष्टमा आफ्नो नाम पर्ला कि नपर्ला भन्नेमा नै छ।
नयाँ पार्टी अध्यक्षको रुपमा बर्तमान जिल्ला कमिटि सचिव दिपक निरौला बन्ने करिव निश्चित जस्तै छ। हालका जिल्ला अध्यक्ष कृष्ण राइ एमालेको पोलिटब्युरो सदस्य बनेपछि अब नयाँ व्याक्ति अध्यक्ष बन्ने बाटो खुलेको हो। अध्यक्षका अन्य खासै प्रत्यासी नदेखिएपनि रामवीर मानन्धर, निर्मल देउला लगायत उनको प्रतिष्पर्धी बन्न सक्ने अनुमान गर्न सकिन्छ।


Published :२२ पुष २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media