एमाले काठमाडौंको अध्यक्षमा दिपक निरौला

काठमाडौं – नेकपा एमाले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका –६ मा रहेको मुलपानी क्रिकेट मैदानमा सम्पन्न छैठौं जिल्ला अधिवेशन बाट अध्यक्षमा दिपक निरौला चयन भएका छन्। शुक्रबारदेखि शुरु भएको जिल्ला अधिवेशनबाट निरौला सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । त्यसैगरी उपाध्यक्षमा नबराज पराजुली ,सचिवमा राजेश शाक्य, उपसचिवमा बिन्दु महर्जन तथा तेज ढकाल चयन भएका छन्।

लामो छलफलपछि काठमाडौंमा सर्वसम्मत रुपमै पुरै जिल्ला कमिटि चयन गरिएको हो ।


Published :२५ पुष २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media