एमाले रामेछापको सचिवमा यूवा नेता पुरुषोत्तम कँडेरिया बिजयी

रामेछाप – नेपाल कम्युनिष्ट पार्टी ( एमाले) रामेछापको आठौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिधार्थी राजनीतिबाट उदाएका युवा नेताहरुले जिल्ला कमिटिको नेतृत्व पाएका छन्।

अध्यक्षमा आनन्द श्रेष्ठ सर्बसम्मत चयन भएपनि अन्य पदाधिकारी सहित सदस्यमा भने निर्बाचन भएको थियो। सचिव पदमा यूवा नेता पुरुषोत्तम कंडरियाले अत्याधिक मत सहित विजय हाँसिल गरेका छन्। उनले ५६६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दीले जम्मा १२० मत मात्र प्राप्त गरे। मत गणना जारि रहेकाले केहि मत तल माथि पर्न सक्ने निर्वाचन आयोगको भनाइ छ। त्यसैगरी उपाध्यक्षमा इन्द्र ब तामाङ र उप-सचिवमा प्रकाश कुमार कार्की तथा होतराज ढकाल निर्वाचित भएका छन्। अन्य सदस्यहरुको मतगणना जारि छ।

यसैबीच नवनिर्वाचित सचिव कडरियाले राश्ट्रपाटि संग कुरा गर्दै आफूलाई बिश्वाश गरेर मतदान गर्ने सबै प्रतिनिधिहरुलाई धन्यबाद दिंदै एमालेलाइ रामेछापमा एक नम्बर पार्टी बनाउने र आगामी निर्बाचनमा सबै क्षेत्र एबम पालिकाहरुमा एमालेलाइ विजय गराउने उद्घोष गरेका छन् ।


Published :२६ पुष २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media