करीव १२ लाख मात्रा भेरोसेल खोप चीनबाट नेपाल आइपुग्याे

काठमाडौँ । चीनबाट करीव १२ लाख डोज कोभिड विरुद्धको भेरोसेल खोप आइपुगेको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा आज भेरोसेलको ११ लाख ८४ हजार खोप आएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिए ।
नेपालले भेरोसेल, कोभिसिल्ट, एस्टाजेनेका, फाइजर, मोर्डना, जानसन लगायतका चार करोड ३ लाख ८७ हजार ९२७ मात्रा खोप प्राप्त गरेको छ ।
सरकारले खोप अभियान सुरु भएदेखि अहिलेसमम दुई करोड ६४ लाख पाँच हजार २१० मात्रा खोप लगाएको छ । जसमा लक्षित समुहले ७६.२ प्रतिशतले एक मात्रा र ५६।४ प्रतिशतले पूर्ण खोप लगाएका छन् । त्यस्तै कुल जनसंख्याको ४९.९ प्रतिशतले एक मात्रा र ३७ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् ।
पछिल्लो केहि दिनदेखि कोरोनाको संक्रमणदर बढ्दो छ । विज्ञहरुले नयाँ संक्रमणबाट जोगिनका लागि समेत खोप लगाउन सुझाव दिईरहेका छन् ।
सरकारले आगामी माघ महिनादेखि लक्षित समूह निर्धारण गरी भेरोसेल खोपको अतिरिक्त डोज समेत दिने योजना बनाएको छ ।


Published :२७ पुष २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media