सरस्वती बानियाको नेतृत्वमा बन्यो प्रेस चौतारी ओखलढुंगाको कमिटि

ओखलढुंगा । प्रेस चौतारी नेपाल ओखलढुंगाको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशनबाट अध्यक्षमा सरस्वती बानिया सर्वसम्मत चयन भएकी छन् ।
बानियाको अध्यक्षतामा १५ सदस्य जिल्ला कमिटी गठन भएको छ । उक्त कमिटिको उपाध्यक्षमा पोकलनाथ दाहाल, सचिवमा प्रवीण मुनाल, कोषाध्यक्षमा यमुलाल ढकाल र सह–सचिवमा डेनिस थापामगर चयन भएका छन् । कमिटीका सदस्यहरुमा दुर्गा धमला, निश्चल राजभण्डारी, लक्ष्मण राउत, स्वर्णिमा सुनुवार, शिवकुमार कार्की, पासाङ शेर्पा, सागर उपकार, भगवती बानिया, सुजित बस्नेत र लक्ष्मी बानिया रहेका छन् ।

जिल्ला कमिटीले प्रदेश र केन्द्रमा प्रतिनिधित्व गर्ने पार्सद समेत ताेकेकाे छ ।

प्रदेश १ का पूर्वमन्त्री तथा सांसद अम्बिरबाबु गुरुङको प्रमुख आतिथ्यतामा भएको प्रेस चौतारी नेपाल ओखलढुंगाको चौथो जिल्ला अधिवेशनलाई नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष शंकर कट्वाल, उपाध्यक्ष हर्कबोल राई, सचिव कमलप्रसाद न्यौपाने, नेताहरु मोहन श्रेष्ठ, जगत लुइटेल लगायतका नेता, पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र रुम्दाली र प्रेस चौतारीका केन्द्रीय सदस्य पूर्णप्रसाद न्यौपानेले सम्बोधन गरेका थिए ।
नव निर्वाचित पदाधिकारीलाई केन्द्रीय सदस्य पूर्णप्रसाद न्यौपानेले सपथ ग्रहण गराएका थिए ।


Published :२९ पुष २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media