भृकुटी चोक नजिकै खुल्यो Cool श्रृंगार Accessories

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ६ स्थित भृकुटी चोक नजिक डल्फिन रेष्टुरेन्टकाे अगाडी एउटा महत्वपूर्ण पसल खुलेको छ Cool श्रृंगार Accessories। नयाँ जोश र व्यावसायिक इच्छा शक्ति बोकेका युवाहरुद्वारा संचालनमा ल्याइको यो व्यावसाय हाम्रो दैनिक जिवनमा आबश्यक पर्ने तथा अन्य बिबिध सामग्री सहित खुला रहेको छ।


यो पसलमा महिलाहरुको लागि चस्मा, व्याग , पर्स ,घाँटीमा लगाउने हार, झुम्का , रुमाल , सल आदि बिबिध मोडेलहरुमा पाइन्छ। महिलाहरुको लागि विविध श्रृंगार सामग्रीहरु समेत उपलब्ध छ। महिलाहरुको लागि मात्र होइन पुरुषहरुको लागि समेत बेल्ट, रुमाल , चस्मा ,पन्जा समेत छानी छानी खरिद गर्न सकिन्छ ।

             

कपन मिलनचोक तथा खहरे नजिकै रहेको र एउटै सटरमा बिबिध ओरिजिनल सामग्री सहित महिला तथा पुरुषका लागि बिभिन्न सामग्री बिक्रीवितरण गरिने भएकाले यसको बिशेष महत्व रहेको छ।आबश्यक परेको खण्डमा काठमाडौं उपत्यका भित्र अनलाइन डेलिभरीको समेत व्याबस्था गरिएको संचालकहरु बताउँछन्।

                                                    

 


Published :२ माघ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media