उज्यालो संपद साकोसको अर्को फड्को: सदस्य सेवा केन्द्र ब्रह्मखेलमा पनि

काठमाडौं । उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडले काठमाडौंको पूर्वी भेगको कागेश्वरी मनहरा नगरपालीको वडा नम्बर–४ ब्रह्मखेलमा सदस्यहरुको सुविधाका लागि सदस्य सेवा केन्द्र संचालनमा ल्याएको छ ।

सदस्य सेवा केन्द्रको उद्घाटन कागेश्वरी मनोहरा नगरपालीका मेयर कृष्णहरि थापाले गरेका छन् । कार्यक्रममा शुभकामना दिदै थापाले पूर्वी भेगको अब्बल सहकारी बन्ने विश्वास व्यक्त गर्दै सदस्यको सेवामा दतचित्त भएर लागे संस्था सधै सफल हुने समेत बताए ।

सदस्य सेवा केन्द्रको उद्घाटनमा बोल्दै संस्थाका अध्यक्ष रमेशप्रसाद तिमल्सिनाले पूर्वी भेगका आफ्ना शेयर सदस्यहरुको सुविधालाई मध्यनजर गरी साकोसले सेवा केन्द्र विस्तार गरी कारोवार सञ्चालनमा ल्याएको बताए । संस्थाको नीतिअनुसार सदस्य बढी रहेका क्षेत्रमा यसरी नै सेवाकेन्द्र विस्तार गरिदै लैजाने उनको धारणा छ ।

उक्त संस्थाको कुल सदस्य संख्या २५६० जना, शेयर पुँजी ४ करोड ३९ लाख, बचत निक्षेप ३५ करोड, ऋण लगानी २९ करोड र कुल सम्पत्ति ४३ करोडको रहेको छ ।


Published :३ माघ २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media