काठमाडौं । नेकपा एकीकृत समाजबादीका केन्द्रिय सदस्य, काठमाडौं जिल्ला अध्यक्ष एबम क्षेत्र नं ४ (ख) का सांसद कुसुम कुमार कार्कीले मैदा, आंटोबाट बनेको रोटि र चामल लगायत अन्न नखाएको महिनौ भैसकेको छ। उमेरले पचपन्न काट्न लागेका उनि राजनीतिक रुपमा एकदमै व्यस्त छन् । तर बिगत केहि महिना देखि साग सब्जी तथा फलफुलमा एभोकार्ड़ो मात्र सेवन गर्ने उनि अन्न भने खाँदै खांदैनन । अन्डा र माछा मासु भने खाने गरेको उनि बताउंछन् । दुग्ध पदार्थमा पनि उनि दुध खांदैनन ।
लामो समय देखि सुगर रोगका बिरामी उनि अहिले स्वस्थ भएको दावी गर्छन ।अहिलेका चर्चित डा. दिलजान मन्सुरलाइ फलो गरेका उनि पहिले भन्दा अहिले अझ स्वस्थ र फुर्तिलो भएको बताउंछन् । उनि भन्छन ‘ स्वस्थ भएर बाँच्न अन्न खाइरहनुपर्छ भन्ने छैन, केहि समय मात्र हो ,त्यसपछी त्यसै बानि परिन्छ।’ यो तरिका अपनाए धेरैको सुगर नियन्त्रण हुने र प्रेसरको समस्या समेत समाधान हुने गरेको अनुभव माननीय कार्कीको छ ।
बिगत प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेबाट काठमाडौं जिल्ला क्षेत्र नं ४ (ख) मा प्रतक्ष्य निर्बाचनमा अत्याधिक मत सहित उनि निर्बाचित भएका थिए भने नेकपा एमालेको बिभाजन पछी नेकपा एकीकृत समाजबादीका केन्द्रिय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष बनेका छन् ।
राष्ट्रपाटिसंग कुरा गर्दै उनले हरेक नागरिकले आफ्नो स्वास्थ्यलाइ महत्व दिनुपर्ने भएकाले आजै देखि आफ्नो स्वास्थ्य सम्बन्धि महत्वपूर्ण निर्णय लिन सबैमा आग्रह गरेका छन् ।