लगातार पाँचौं दिन पनि १० हजारभन्दा बढी संक्रमित : १६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १० हजार २५४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।

परीक्षण घटेसँगै संक्रमित संख्या केही कम देखिएपनि लगातार पाँचौं दिन पनि १० हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।

शनिबार २० हजार १८७ नमुना (१४ हजार ४६२ पीसीआर र ५७२५ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका छन् ।

शनिबार भाइरस संक्रमणले एकैदिनमा १६ जनाको मृत्यु भएको छ भने ७०८ जना निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ ।

 


Published :८ माघ २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media