संकटालाई ४-१ गोलले हराउँदै मच्छिन्द्र सेमिफाइनलमा

काठमान्डौ। मच्छिन्द्र क्लब पोखरामा जारी २०औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको खेलमा मच्छिन्द्रले साविक विजेता संकटा क्लबलाई ४–१ गोलले हरायो ।

मछिन्द्रको जितमा मेसुके ओलोमोउले दुई गोल गरे । उत्सव राई र अविशेक गुरुङले एक एक गोल गरेका थिए। संकटाका गणेश हमालले सान्त्वना गोल फर्काए । मच्छिन्द्रले १२औँ मिनेटमा उत्सव राईको गोलबाट अग्रता लिएको थियो ।

त्यसपछि ४७औँ मिनेटमा मेसुकेले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए । ६३औँ मिनेटमा गणेशले गोल गर्दै संकटालाई खेलमा फर्काउने प्रयास गरे । अविशेकले ८४औँ र मेसुकेले ८६औँ मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई फराकिलो जित दिलाए । मच्छिन्द्रले सेमिफाइनलमा एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

सहारा क्लब पोखराको आयोजनामा सञ्चालित प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपियाँ प्राप्त गर्नेछ ।


Published :१० माघ २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media