सत्ता साझेदार दलहरुको बैठक आज बस्दै

राष्ट्रपाटी न्युज

५ फाल्गुन २०७८

काठमाडौं। सत्ता साझेदार दलहरुबीचको सहमतिपछि मात्र एमसीसी सम्झौता सदनमा पेश गरिने गृहकार्य फेरी शुरु भएको छ ।

एमसिसी सम्झौताबारे सत्तागठबन्धनवीच नै मतएकता हुन नसकेपछि हिजो बसेको संसदको बैठकमा सो लैजान सकिएन ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच थप सहमति पहिल्याउने विषयमा छलफल भएको छ ।

सत्ता साझेदार नेकपा माओवादी संसदीय दलले सहमतिमै एमसीसी प्रस्ताव संसदमा लैजाने र त्यसो नभएमा विपक्षमा उभिने निर्णय गरेपछि अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीसंग छलफल गर्न बालुवाटार पुगेका हुन् ।

यसैक्रममा सहमतिका लागि सत्तागठबन्धनको बैठक आज बस्ने सहमती उनिहरुवीच भएको छ । यसैबीच सत्तागठबन्धनमा सहभागी दलहरुको बैठक आजै बस्ने भएको छ ।


Published :५ फाल्गुन २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media