एमसीसीको छलफलको लागि गठबन्धन बैठक बस्दै

राष्ट्रपाटी न्युज

१५ फाल्गुन २०७८

काठमाडौं। सत्ता गठबन्धनको बैठक बस्दैछ । नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले गठबन्धनको बैठक आइतबार बिहान १० बजे बस्ने जानकारी दिए।

आज दिउँसो १ बजे प्रतिनिधिसभा संसदको बैठक बस्दैछ । मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजना संसदमा छलफल गर्ने कार्यक्रम तय भइसकेको छ ।

आज बिहानैदेखि सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र पनि छलफलमा जुटेको छ । एमसीसी अनुमोदन र गठबन्धन बचाउने विषयमा गठबन्धनको बैठकमा छलफल हुने जनाइएको छ ।


Published :१५ फाल्गुन २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media