रुस र युक्रेनबीच पुन: शान्ति वार्ता हुँदै

राष्ट्रपाटी न्युज

१९ फाल्गुन २०७८

रुस र युक्रेनबीच दोस्रो चरणको शान्ति वार्ताका लागि रुसी टोली वार्तास्थल पुगेको छ । रुसका तर्फबाट वार्तामा रुसी राष्ट्रपतिका सहयोगी तथा वार्ता टोली प्रमुख भ्लादिमिर मेडिनेस्की छन् ।

वार्ता पोल्याण्ड र बेलारुसको सिमानामा गरिने रुसी संचार माध्यमहरुले जनाएका छन् । वार्ताका लागि युक्रेनी टोली भने आज पुग्ने बताइएको छ ।

जारी युद्धको अन्त्यका लागि दुबै देश दोस्रो चरणको शान्ति वार्तामा बस्ने भएका हुन् । वार्ता स्थलका विषयमा दुबै पक्ष सहमत हुने अनुमान गरिएको छ ।

साथै आज हुने वार्तामा दुवै पक्षले युद्धविरामको सम्भावना र मानवीय करिडोरको स्थापनाका बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ । गत सोमबार बेलारुसमा सम्पन्न पहिलो चरणको वार्ता विना निष्कर्ष टुंगिएको थियो ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले युक्रेनमा रुसले गरेको सम्भावित युद्ध अपराधको अनुसन्धान सुरु गरेको छ । रुसले युक्रेनी मुख्य सहरहरूमा आफ्नो आक्रमणलाई तीब्रता दिंदै उत्तर, पूर्व र दक्षिण तर्फबाट लडाइँ गरिहरहेको छ ।


Published :१९ फाल्गुन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media