यूक्रेन-रसियाको मामलामा सरकारको निर्णयले आशंका जन्मायो – डा.भट्टराई

राष्ट्रपाटी न्युज

१९ फाल्गुन २०७८

काठमाडौं । नेकपा एमाले स्थायी कमिटि सदस्य एबम विदेश बिभाग प्रमुख डा. राजन भट्टराईले यूक्रेन-रसियाको मामलामा नेपाल सरकारको निर्णयले नेपालको असंलग्नताको सिद्दान्तका मान्यतामा आशंका जन्माएको बताएका छन्। सामाजिक संजालमा आफ्नो टिप्पणी सार्वजनिक गर्दै उनले असंलग्नताको सिद्दान्तको सहि अर्थमा पालना, आन्तरिक मामलामा अहस्तक्षेप, सार्वभौम समानतामा आधारित पारस्परिक सम्बन्ध, आफ्नो भूभाग कसैका विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता, शान्तिपूर्ण तथा न्यायपूर्ण विश्व व्याबस्थाको पक्षधरता तथा अन्तर्राष्ट्रिय कानुनको पालना, छिमेकी तथा अन्यसंग मित्रतापूर्ण सम्बन्ध नेपालको विदेशनीतिका आधारहरू रहेको समेत बताएका छन्।

डा भट्टराईले सामाजिक संजालमा राखेको सामग्री जस्ताको तस्तै :-

“विश्व ब्यवस्था धुर्विकृत हुदैछ । विदेशनीतिमा हामीले लिदै आएका मान्यताहरूको सान्दर्भिका बढेको छ । असंलग्नताको सिध्दान्तको सहि अर्थमा पालना, आन्तरिक मामलामा अहस्तक्षेप, सार्वभौम समानतामा आधारित पारस्परिक सम्बन्ध, आफ्नो भूभाग कसैका विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता, शान्तिपूर्ण तथा न्यायपूर्ण विश्व व्यवस्थाको पक्षधरता तथा अन्तर्राष्ट्रिय कानुनको पालना, छिमेकी तथा अन्यसंग मित्रतापूर्ण सम्बन्ध हाम्रो विदेशनीतिका आधारहरू हुन । उल्लेखित मान्यताहरूमा कुनैपनि अवस्थामा बिचलन देखापर्नु हाम्रो विदेशनीतिको असफलता हो । यूक्रेन रसियाको मामलामा सरकारको निर्णयले माथि उल्लेख गरिएका मान्यतामा आसंका जन्माएको छ । यस अवस्थामा विदेशनीतिमा हाम्रा आधारभूत मान्यताहरूमा तलमाथी हुनेछैन भनि विश्वासको वातावरण वनाउनु आजको आवश्यकता हो । जिम्मेवारहरूमा चेतना भया ।”


Published :१९ फाल्गुन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media