हरियो रङको मतपत्र बनाउन लागेकोमा (एमाले) अध्यक्ष ओलीको आपत्ति

राष्ट्रपाटी न्युज

२४ फाल्गुन २०७८

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा हरियो रङको मतपत्र बनाउन लागेकोप्रति आपत्ति जनाएका छन् ।

कुन आधारमा त्यो राखिएको भन्दै ओलीले सच्याउनुपर्ने बताए ।

‘निर्वाचन आयोगले मत पत्रमा हरियो रंग राख्ने भयो रे,’ पार्टीनिकट महिला संघले मंगलबार आयोजना गरेको कार्यक्रममा भने, ‘किन राख्ने ? यदि हो भने कुन हिसाबले राख्ने ? यो धार्मिक हिसाबले राख्ने हो ?

ओलीले फेरी थपे , ‘सबैतिर रुखै रुख देखुन् भनेर हरियो राख्ने हो ? यदि निर्वाचन आयोगले त्यस्तो गरेको हो भने त्यो सच्याउनुपर्छ । हरियो मतपत्र हुँदैन ।


Published :२४ फाल्गुन २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media