अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीको राष्ट्रपतिबाट शपथग्रहण

राष्ट्रपाटी न्युज

२५ फाल्गुन २०७८

काठमाडौं। अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा. श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत खत्रीलाई शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार समारोहमा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो।


Published :२५ फाल्गुन २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media