लामो रस्सा कस्सि पछि बन्यो एमाले ओखलढुंगा-काठमाडौं सम्पर्क मंचको कमिटि

राष्ट्रपाटी न्युज

२५ फाल्गुन २०७८

काठमाडौं । नेकपा एमाले ओखलढुंगा-काठमाडौं सम्पर्क मंचको अध्यक्षमा सुर्य बहादुर गुरुङ निर्वाचित भएका छन् ।त्यसैगरी उपाध्यक्षमा बिनोद राई र महिला उपाध्यक्षमा संगीता कार्की सचिवमा रमेश खड्का ,सहसचिवमा यमु दाहाल र सफलता विश्वकर्मा, कोषाध्यक्षमा दीपक दाहाल निर्वाचित भएका छन् ।

नेकपा एमाले प्रदेस नं १ का सचिवालय सदस्य तथा ओखलढुंगा प्रदेस क्षेत्र १ का प्रदेस सभा सदस्य अम्बिर बाबु गुरुङको प्रमुख आतिथ्यता र सम्पर्क समन्वय कमिटीका सदस्य केदारराज पुडासैनीको अध्यक्षतामा भएको बन्द शत्रले मंचको नयाँ नेतृत्व चयन गरेको हो ।

काठमाडौंको नवदुर्गा पार्टी प्यालेसमा भएको बन्द शत्रमा सरस्वती कार्की ( तारा ),सुरेन्द्र बोगटी ,उत्तम राई ,सिताराम राउत ,चन्द्र राई बाम्बुले, शम्भु अधिकारी , मोहन बिस्ट,सुनिल खड्का,रेन्जु न्यौपाने,कुमार घिमिरे ,रन्जना घिमिरे लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

नेतृत्वमा जाने धेरैको तीव्र चाहना र गुटबन्दीका कारण फागुन २३ गते भएको सम्मेलनले सम्पूर्ण पदाधिकारी सहित कमिटि गठन गर्न नसकेपछि दुइ दिन पछि फेरी बन्द सत्र संचालन गरेर नयाँ कमिटि घोषणा गरिएको थियो।

ओखल्ढुङ्गा जिल्ला अधिवेशनमा विकास भएको गुटगत विवाद र त्यसले झगडाको समेत रुप लिएर केपी वली संग समेत विवाद पुगिसकेको अबस्थामा भएको सम्मेलन सहज ढंगले सम्पन्न हुन नसकेको हो।

 

 


Published :२५ फाल्गुन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media