रेडपान्डा क्लबलाई हराउँदै आयोजक झापा क्लब सेमिफाइनलमा प्रवेश

राष्ट्रपाटी न्युज

२६ फाल्गुन २०७८

झापा । पाहुना टोली रेडपान्डा फुटबल क्लब सिक्किमलाई ५–१ गोल अन्तरले हराउँदै आयोजक झापा फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको अन्तिम क्वाटर फाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डालाई फराकिलो गोल अन्तरले हराउदै सेमिफाइनलको यात्रा तय गरेको हो।

झापा–११ का लागि विमल घर्ती मगरले २ गोल गरे। मगरले दुबै गोल पेनाल्टीबाट गरेका हुन् । बाँकी गोल क्याप्टेन विशाल राई बी र विश्वास श्रेष्ठले गरे। रेडपाण्डाले झापा–११ लाई एक गोल उपहारमा पाएको थियो।

आज भएको खेलमा दुबै टिमबाट ४ पेलान्टी प्रहार भएको थियो। झापाले ३ र रेडपान्डा सिक्किमले १ पेनान्टी प्रहार गर्ने अवसर पाएको हो । खेलको ८४ आँै मिनेट दोहोरो पहेलो कार्ड खाँदै सिक्किमका पिन्सो लेप्चा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य हुँदा सिक्किम १० खेलाडीमा सीमित हुनुपरेको थियो।

बिहीबारको खेलको प्लेयर अफ दि म्याच विजयी टोली झापाका विश्वास श्रेष्ठ भए ।उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे । योसँगै पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलको समीकरणका खेल पूरा भएका छन्। जितसँगै झापाले शनिबार संकटा क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

शुक्रबारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए।


Published :२६ फाल्गुन २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media