बूढानिलकण्ठ। बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित कपन फैकाचाेकदेखि लाखेपाेखरि सम्मकाे बाटो ढलान गर्ने कार्य संचालन भैरहेको छ ।बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ तथा काठमाडौ महानगरपालिका वडा नम्बर ६ को सिमानामा पर्ने उक्त बाटो २१५ मिटर सहित भित्रि साना बाटोहरुको ढलान हुँदैछ। उक्त बाटोको निर्माण कार्य लामो समय सम्म हुन सकेको थिएन। बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ को सक्रियतामा हुन लागेको उक्त कार्यले स्थानीयहरु उत्साहित बनेका छन्।
भूगोलको हिसाबले सानो भएपनि जनसंख्याको हिसाबले ठुलो यो वडामा विकास निर्माणका कार्यहरु धमाधम अगाडी बढिरहेका छन्। अन्य प्राय सबै सानो ठुलो बाटोहरु कालोपत्रे गर्ने , ब्लक तथा ढुंगा छाप्ने तथा ढलान गर्ने कार्यहरु सम्पन्न भैसकेका छन्।
कपन डुवान समस्या समाधान गर्न आनिगुम्बा देखि आरम्भ चोक तरकारी बजारसम्म बक्स कल्भर्ट निर्माण गर्ने कार्य समेत अगाडी बढिरहेको छ।ठेकेदार कम्पनीले लापरबाही नगरी नियमित कार्य संचालन गरेमा केहि हप्तामा नै उक्त कार्य समेत सम्पन्न हुने वडाध्यक्ष शम्भु भट्टराईको भनाइ छ।